५,००१ अमूल्य जीवन : एक वर्षसम्म प्रधानमन्त्रीले महामारीलाई मजाक मात्र बनाए

प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण गलत भएको स्वीकार गरेका छन्।

हचुवा प्रक्षेपणका कारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव भएको पनि उनले सुनाएका छन्। 

‘नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने मलाई लागेकै थिएन। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम राम्रो छ, त्यसैले अलिअलि सर्ला, तर यो तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो मलाई लागेको थियो। त्यसकारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव देखियो,’ प्रधानमन्त्री ओलीले शनिबार साँझ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा भनेका छन्।

कोभिड महामारीको दोस्रो लहर भयावह भएको एक महिनापछि मात्र उनले शनिबार सरोकारवालासँग छलफल गरे। यसअघि भने उनी धार्मिक जमघट र राजनीतिक भेटघाटमा व्यस्त थिए। 

प्रकाशित मिति: : 2021-05-17 06:46:00

प्रतिकृया दिनुहोस्