टिचिङ अस्पतालबाट बाहिर निस्केका यी उज्याला अनुहारहरु

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

हतारमा थिइन्, उनी। तैपनि ढुक्क थिइन्। छिटो–छिटो पाइला चाल्दै गरेकी उनी शिक्षण अस्पतालको गेटतिर लागिन्। सायदै केही चिजको खोजीमा हुनुपर्छ।

हतारिँदै निस्केकी उनी केही बेरमा ‘ट्याक्सी’ चढेर आइन्। ट्याक्सीबाट झर्दै उनले चालकलाई भनिन्, ‘तपाईं यहीँ कुरेर बस्नुस्, म उहाँलाई लिएर आउँछु है!’

चालकलाई अस्पतालको प्रांगणमै कुरेर बस्न आग्रह गर्दै भक्तपुरकी सरिता कार्की अस्पतालभित्र पसिन्।

अस्पतालभित्र पसेको एकैछिनमा ब्ल्याङ्केटलगायत केही सरसामान बोकेर सरिता ट्याक्सीको नजिक आइन्।

सामान राख्न चालकले डिक्की खोलिदिए। सरिताले सामान राखिन्। डिक्कीमा नअटेको सामान पनि जबर्जस्ती राख्ने कोसिस गरिरहेकी थिइन्। तर सकिनन्।

सरितालाई सामान मिलाउन हम्मेहम्मे भएपछि चालक उनको छेउ पुगे र भने, ‘यो (बस्ने म्याट) फुट्ने कुरा होइन क्यारे! यसलाई तल राखेर अरू सामान यसमाथि राख्नुस्।’ यति भन्दै गर्दा सरितालाई सामान मिलाउन उनी सघाइरहेका थिए।

सामान मिलाउँदै गरेका चालकले भने, ‘तपाईँ बिरामी लिएर आउनुस्। म सामान मिलाइदिन्छु।’ चालकले यति भन्न नपाउँदै उनी अस्पतालभित्र पसिन्।

प्रकाशित मिति: : 2021-05-16 21:51:00

प्रतिकृया दिनुहोस्