एमालेको विवाद हल गर्न बन्यो १० जनाको कार्यदल (भिडियाेसहित)

नेकपाभित्रको विवाद सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच भएको एक्लाएक्लै बैठकले दुवै पक्षबाट पाँच–पाँच जना रहने गरी कार्यदल गठन गरेको छ। 

कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल,शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। 

माधवकुमार नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्। कार्यदललाई तीन दिनभित्र प्रतिवेदन तयार गर्न समय दिइएको छ।

प्रकाशित मिति: : 2021-05-16 15:30:00

प्रतिकृया दिनुहोस्