प्रचण्डले कार्यकर्तालाई दिए ४ वटा ‘होमवर्क’

रातोपाटी

काठमाडौँ

नेकपा एमाले  माओवादी केन्द्रबीच एकता भएको आज ठीक तीन वर्ष पुग्दैछ । २०७५ साल जेठ ३ गते दुई पार्टी एकआपसमा विलय भएर नेकपा बनेको थियो । अहिले सर्वोच्च अदालतले पार्टी फुटाइदिएपछि एमाले ०७५ जेठ २ को अवस्थामा फर्कन खोजिरहेको छ । माओवादीले भने विधान संशोधन गरेर संगठनात्मक संरचनामा हेरफेर गरेको छ । 

एकताको तीन वर्ष नपुग्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा विघटन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पूर्ववत् अवस्थामै फर्किएपछि माओवादीले आफ्नो संगठनको ढाँचा परिमार्जन गर्न लागेको हो । 

तीन वर्षसम्म सांगठनिकरुपमा अस्तव्यस्त रहेको माओवादी अहिले आफ्ना कार्यकर्ताहरु खोज्नेदेखि संगठनलाई व्यवस्थित गर्नेसम्मको योजनामा लागेको छ । 

यस क्रममा माओवादीले पार्टीको अन्तरिम विधान–२०७३ संशोधन गर्ने गृहकार्य थालेको छ । आगामी केन्द्रीय समितिको बैठकमा छलफल एवं निर्णय गर्ने गरी गत वैशाख १४ गतेको पार्टी स्थायी समिति बैठकले विधान पारित गरिसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैशाख १४ गतेको स्थायी समितिको निर्णयबारे पार्टीपंक्तिलाई जानकारी दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्कुलर जारी गरेका छन् । सर्कुलर अनुसार पार्टीको संगठनात्मक संरचनामा फेरबदल गर्दै जनमैत्री र कार्यकर्तामैत्री बनाउने भनिएको छ ।

प्रकाशित मिति: : 2021-05-16 14:06:00

प्रतिकृया दिनुहोस्