११ बर्षको उमेरमै अमेरिकी पूर्व राष्ट्रपति ओबामाको अन्तर्वार्ता लिने डामोन वेभरको मृत्यु

बिएल संवाददाता

वासिङ्टन डीसी

सन् २००९ मा ११ बर्षको उमेरमै तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाको अन्तर्वार्ता लिएर चर्चामा आएका डामोन वेभरको मृत्यु भएको छ। 

उनको फ्लोरिडास्थित आफ्नै निवासमा मृत्यु भएको बताइएको छ। १५ दिनअघि प्राकृतिक कारणले मृत्यु भएको उनकी बैनीले पत्रकारहरुलाई जानकारी दिएकी छन्।

हाल जर्जियामा अध्यन गरिरहेका वेभरको मृत्युले आफू अत्यन्त दुखित भएको चर्चित टेलिभिजन प्रस्तोता ओफ्रा विनफ्रीले बताइन्। उनले भनिन्, 'त्यो अन्तर्वार्तामा उनले अत्यन्तै गहकिला प्रश्नहरु सोधेका थिए।'

उक्त अन्तरवार्ताको समयमा उपस्थित तत्कालिन उपराष्ट्रपति र हालका राष्ट्रपति जो बाइडेनले उक्त समयको स्मरण गर्दै वेभरलाई सम्झना गरेका छन्।

यसैबीच पूर्वराष्ट्रपति बराक ओबामाले पनि वेभरको निधनमा दुख ब्यक्त गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-16 09:55:00

प्रतिकृया दिनुहोस्