इजरायली हवाई आक्रमणबाट अलजजिराको कार्यालय ध्वस्त

[Mohammed Salem/Reuters]

इजरायलको सुरक्षा बलको हवाइ आक्रमणबाट कतारी मिडिया अलजजिरा टेलिभिजनको कार्यालय ध्वस्त भएकाे छ। 

अलजजिराले एक विज्ञप्तिमार्फत् हमलाको निन्दा गर्दै इजरायल सरकारलाई जवाफदेही राख्न मिडिया र मानवअधिकार संस्थाहरुलाई आग्रह समेत गरेकाे छ।

सुरक्षा बलकोले शनिवार साँझ गरेको रकेट आक्रमणबाट अन्य केही सञ्चार संस्थाकाे कार्यालय ध्वस्त भएको अलजजिराले जनाइएको छ। 

इजरायली सुरक्षा बलले आक्रमणबाट केही समय पहिले नै ती भवनहरु खाली गराउन चेतावनी दिएको एकघण्टापछि मात्र ती भवनहरुमा आक्रमण गरिएको सरक्षा बलले जनाएको छ।

सञ्चार संस्थाकाे कार्यालय भवनमा आक्रमण गरिएकोमा इजरायली सुरक्षा बलको चौतर्फी आलोचना भएको छ। तर इजरायली सुरक्षा बलले भने गाजा टावरमा आतंकवादी संगठन हमासको पनि कार्यालय रहेको दाबी गरेको छ।

प्रकाशित मिति: : 2021-05-15 23:21:00

प्रतिकृया दिनुहोस्