‘एउटा ज्यान बचाउन सक्दा...’

शिलापत्र

काठमाडाैं

वैशाख लागेदेखि नै अस्पतालमा चहलपहल व्यापक छ। कोरोना संक्रमितका आफन्त बेड पाउने आसमा अस्पतालमै आउँछन्। त्यतिमात्रै होइन, बेड मिलाइदिन भन्दै फोन तारन्तार बजिरहन्छ।

गण्डकी सरकारको संक्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बलबुताले भ्याएसम्म सेवामा छन्। अस्पतालको ५० बेडबाहेक इमर्जेन्सीको पाँच बेड पनि संक्रमितले नै भरिएको छ। आइसोलेसन र इमर्जेन्सीका शय्यामा पल्टिरहेकाहरू डाक्टर र नर्सले निको बनाएर घर फर्काइदिन्छन् भन्ने आसमा छन्।

उपचाररत बिरामीलाई स्वस्थ घर फर्काउन सरुवा रोग अस्पतालमा खटिने मध्येकी हुन्, नर्स नम्रता बास्तोला। अस्पतालको नर्सिङ इन्चार्ज बास्तोला गत २६ साउनयता निरन्तर संक्रमितको उपचारमा संलग्न छन्। सुरुमा कोरोनाबारे थाहा थिएन, बिरामी देखेपछि डराउँथिन्। आजकल लक्षणसहितका बिरामी भए पनि उपचारमा खटिन उनलाई बानी परिसक्यो।

‘पहिलाको कोभिड लक्षण देखिने खालको थिएन। त्यतिखेर केही बुझिएको थिएन। पीपीई लगाएर जाँदा पनि डर लाग्थ्यो,’ २६ वर्षीया नम्रता अनुभव सुनाउँछिन्, ‘आफू सुरक्षित भए काम गर्दा केही नहुँदो रहेछ भन्ने हुँदै गयो। अहिले बिरामी पनि लक्षणसहितका आउनुहुन्छ। त्यहीअनुसार हामी खुल्दै गयौँ।’

प्रकाशित मिति: : 2021-05-15 20:58:00

प्रतिकृया दिनुहोस्