केही समयअगाडि वैदेशिक रोजगारबाट घर फर्किएका थिए, बाबुराम विश्वकर्मा । चैत दशैं आयो। नजिकैको ससुरालीले बोलाए।
उनी ससुरालीको यात्रा तय गरिरहँदा फेरि यस क्षेत्रमा कोरोनाको दोस्रो लहरको त्रास बढिरहेको थियो।
चाडको बेलामा ससुरालीले बोलाएपछि नजाने कुरा पनि भएन । श्रीमती सुशीला र बाबुराम ‘माइक्रो’ बस चढेर ससुराली रुद्रपुर (कञ्चन गाउँपालिका) गए।
एक रात ससुराली बसेर बाबुराम भोलिपल्ट सार्वजनिक गाडीमै वैशाख ८ गते घर फर्किए । रूपन्देहीको सैनामैना बाँसगढीका बाबुरामलाई घर आइपुगेपछि शरीर दुख्न थाल्यो।
सामान्य केही होला भनेर त्यो रात वास्ता गरेनन्। ९ गते झनै शरीर दुखेर कक्रक्क बनाएसँगै छाती पनि दुख्न थाल्यो।
नजिकै मेडिकलबाट सिटामोल ल्याएर खाए। तर, औषधिको ‘डोज’ नसकिने बेलासम्म शरीर दुखाइ कम भएजस्तो भयो तर, छातीको दुखाइसँग श्वासप्रश्वासमा समस्या हुन थाल्यो। उनको मनमा कोरोना लागेको शंका लाग्यो । खोकी पनि लाग्न थाल्यो। खोकी झनै बढ्दै गयो । ज्वरो भने, थिएन । घर वरिपरि छिमेकीले तातोपानी खाऊँ।