सर्वत्र कोरोनाको कहर : मजदुरदेखि घरबेटीसम्मलाई सास्ती

नागरिक दैनिक

काठमाडाैं

काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई। समस्या र डरलाग्दा खबरमात्र हेन देशको आर्थिक अवस्था पनि उस्तै डरलाग्दो छ।

अन्य आम्दानी नभएको कारणले कोठामा बस्ने मान्छेहरूले तत्कालै भाडा तिर्नसक्ने अवस्था छैन। ‘यो समय त सबैले आफ्नो ज्यान जोगाउने समय हो। सबैजना मिलेर बस्नुपर्छ । यस्तो बेलामा जबरजस्ती भाडा माग्न आफ्नो नैतिकता र चेतनाले दिदैँन।’

तर, यति भन्दैमा कहाँ समस्या टर्छ र? प्रश्न गर्दै उनले बैंकहरूले समस्या नबुझ्ने बताइन्। ‘भाडाबाहेक बैंकको ऋण तिर्ने हामीसँग अर्को विकल्प पनि छैन, भावुक र सहयोगी हुने कि कठोर र यथार्थवादी हुने कहिलेकाहिँ म म आफैँ दोधारमा पुग्छु,’ रसाएका आँखा लुकाउँदै उनी भन्छिन्।

गत सालको लकडाउनको पीडा भोगिरहेका विद्यार्थीहरू यस पटकको लकडाउनले थप मर्माहत बनेका छन्। सधैँ विद्यालय जानुपर्दा दिक्क मान्ने विद्यार्थीहरूले यसपटक घरमा बस्न दिक्क मान्न थालिसकेका छन्। लकडाउनको समय अनलाइन कक्षा संचालन भएतापनि अनलाइन कक्षा प्रभावकारी नहुने विद्यार्थीहरूको गुनासो छ। 

प्रकाशित मिति: : 2021-05-15 15:17:00

प्रतिकृया दिनुहोस्