आफ्नै देशको नाम राख्छन् एसियाली मुलका अमेरिकीहरु

बिएल संवाददाता

वासिङ्टन डीसी

४२ प्रतिशत एसियाली मुलका अमेरिकीहरुले आफ्नो नाम आफ्नै मूल देशमा जस्तो राख्ने गरेको एउटा सर्वेक्षणबाट पत्ता लागेको छ। 

एनबिसी नामक एक टेलिभिजन च्यानलले एसियाली मूलका दुई हजार सात सय ६६ जनाको नाम संकलन गरेर गरेको अनुसन्धानमा उक्त निचोड निस्किएको हो।

आफ्नो मूल देशकै नाम राख्ने केही चर्चित व्यक्तित्वहरुमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस, सिनेमाका चर्चित नायक ब्रुस ली र ज्याकी चाङ्ग आदि रहेका छन्।

अनुसन्धानमा संलग्न एसियाली अमेरिकीहरुले अमेरिकामा जन्मेको, हुर्केको र अरु देशका मान्छेहरुसँग विवाह गरे पनि नाम भने आफ्नै मूल देशको राख्न रुचि भएको बताएका छन्।

सर्वेक्षण टोली प्रमुख क्लेरिया वाङ्गले आफ्नो मूल देशको नाम राख्ने रुचिको कारण मूल अमेरिकीहरुले पनि एसियाली देशको नाम राख्ने गरेको बताइन्। 
 

प्रकाशित मिति: : 2021-05-15 11:18:00

प्रतिकृया दिनुहोस्