‘लाटोकोसेरो’बाट सरिता गिरीलाई उत्कृष्ट अभिनेत्री अवार्ड

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) धुमधामका साथ सम्पन्न भइसकेको छ। 

फेस्टिभलमा विभिन्न ६६ वटा चलचित्र प्रदर्शन गरिएको थियो। ती चलचित्रहरुबाट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा र छायांकन साथै अरू विधामा उत्कृष्ट छुटाइएको थियो। 

'आमा खान्डो' ले  उत्कृष्ट फिल्म र निर्देशकको दुई अवार्ड हात पारेको छ। डान्डुप छिरिङले उत्कृष्ट निर्देशक अवार्ड हात पार्नुका साथै फिल्मले नगद एक लाख पुरस्कार जितेको छ। 

फिल्म ‘लाटोकोसेरो’बाट अभिनेत्री सरिता गिरी र नवीन शिल्पकारले अभिनेतातर्फ बाट अवार्ड हात पारे भने छायाङ्कनतर्फबाट पनि अवार्ड जित्न सफल भयो। यसै गरी फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आई एम’ले जितेको छ। फिल्मले १५ सय डलर पुरस्कार प्राप्त पनि गर्‍यो।

प्रकाशित मिति: : 2021-05-13 11:37:00

प्रतिकृया दिनुहोस्