अभिनेता अनुपविक्रम शाहीले अनाथ बालबालिकालाई सहयोग गरेका छन्।
धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका ३२ जना बालबालिकालाई उनले मंगलवार डेढ महिनासम्म पुग्ने खाद्यान्न तथा स्वास्थ्य सामाग्री दिएर सहयोग गरेका हुन्।
अघिल्लो वर्ष उनले आफ्नो जन्मदिन समेत सोही बालआश्रममा मनाएका थिए। जहाँका बालबालिकालाई उनले खाद्यन्नसँगै ६ थान ल्यापटप दिएका थिए।
उनले गत वर्ष कोरोनाका कारण लकडाउनमा रोजगारी गुमेर दुई छाक टार्न समस्या भएका व्यक्तिहरुलाई निःशुल्क खाना वितरण समेत गरेका थिए।
निषेधाज्ञा जारी हुनुभन्दा एक हप्ता अगाडि फिल्म ‘जार’ को छायांकन सकेर सिक्किमबाट नेपाल आएका उनी बैशाख अन्तिमबाट फिल्म ‘सत्यम्’ को छायांकन शुरु गर्ने तयारीमा थिए। तर, कोरोनाको दोस्रो लहर शुरु भएकाले फिल्म छायांकन रोकिएको हो।