तीन शेर्पा दिदीबहिनी सगरमाथा चुचुरोमा पुगे

तस्बिर: समाजिक सञ्जाल
तस्बिर: समाजिक सञ्जाल

एकै घरका तीन शेर्पा दिदीबहिनीले विश्वको अग्लो शिखर सगरमाथा चढेर इतिहास रचेका छन्।

एभ्रेष्ट २०२१ एक्स्पिडिशनमा निस्केका शेर्पीनी दिदीबहिनीले बुधबार बिहान ७ बजे सगरमाथाको टुप्पामा पुगेका सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।



म्याग्दीका गौचनले चुमे सगरमाथाको चुचुरो: बने नेपालकै पहिलो सगरमाथा टेक्ने पाइलट

१९ वर्षे कान्छो पाकिस्तानी युवकले सगरमाथा चढे



निमा जाङबु शेर्पाले सगरमाथा, ल्होत्से र कञ्चनजंगा एकै ऋतुमा सन २०१८ मा २५ दिनमा चढेका थिइन्।

उनीहरु दोलखाको गौरीशंकर गाउँपालिका-९ का निवासी हुन्।  तीन शेर्पेनी दिदीबहिनी निमा जाङ्बु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुटी शेर्पा एकै परिवारका हुन्। उनीहरुले ७ महादेशका अग्ला चुचुरो चढ्ने लक्ष लिएका छन्।

कुल १५ जनाको टोलीमा उनीहरु र शेर्पासहित ५ जना चिनियाँ र १ पाकिस्तानी नागरिक समेत रहेको इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनले जानकारी गराएका छन्।



बुधबार मात्रै ७० आरोही सगरमाथा शिखरमा

बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण




प्रकाशित मिति: : 2021-05-13 10:16:00

प्रतिकृया दिनुहोस्