जनमोर्चा सांसद भन्छन् : अझै २० वर्ष कांग्रेसको हालत खराब गर्नुपर्छ भनेर ह्विप उलङ्घन गरेको हुँ

बाह्रखरी

पाेखरा

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवार्दी (पार्टी) जसपा नेपालको विपक्षी गठबन्धन नयाँ सरकार बनाउन लागिपरेको छ । तर, नयाँ सरकार बनाउन राष्ट्रिय जनमोर्चा पार्टी निर्णायक छ । 

तपाईंको पार्टी हाइकमान्डले नै विपक्षीदलको सरकार बनाउनका लागि हस्ताक्षर गरेर संख्या पुर्‍याइदिन निर्देशन दिएको छ । तपाइको मनसाय के छ ? भनेर सोमबार प्रश्न गर्दा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले भनेका थिए, “यस्तो गाह्रो प्रश्न नसोध्नुहोस ।”

उनले यो पनि भनेका थिए, “मनले नमानेपनि पार्टीको निर्देशन त मान्नै पर्‍यो ।”

तर, मंगलबार पार्टीको नीति अनुरूप उनको हस्ताक्षर लिन आएका आफ्नै पार्टीका महासचिव मनोज भट्ट, गण्डकी प्रदेश अध्यक्ष शंकर बराललाई उनले जवाफ दिए, “मेरो मनले मानेन ।”

उनले आफ्नो मनको कुरा सुन्दा गण्डकीमा नयाँ सरकार बनाउने आशामा रहेका विपक्षी तीन दल कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूको भने मन कुँडियो ।

सांसद थापाले मनको सुन्दा उनले आफ्नै पार्टीको ह्विप उल्लंघन गरे । आफ्नै राजनीतिक जीवन करिब–करिब अन्त्य भएको महसुस गरेका उनले फलामे अनुशासन, कम्युनिस्टमा इमानदार पार्टी भन्ने उपमा पाएको जनमोर्चाको छविको ख्याल गर्ने कुरा पनि भएन ।

प्रकाशित मिति: : 2021-05-12 07:38:00

प्रतिकृया दिनुहोस्