अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री : फितलो क्राइसिस डिप्लोमेसी, मोही माग्ने ढुंग्रो लुकाउने चाल!

पहिलोपोष्ट

काठमाडौँ

काठमाडौं : शनिवारमात्र अमेरिकी सञ्चार माध्यममा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको दुई दिनपछि बेलायती पत्रिकामा लेख प्रकाशित गर्दै कोभिड-१९ को अवस्था भयावह भएको भन्दै सहयोगको अपिल गरेका छन्।

शनिवार मात्र उनले सीएनएनसँगको कुराकानीमा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको बताएका थिए।

सिएनएनका पत्रकारले हाल परीक्षणको ४४ प्रतिशत परीक्षण पोजेटिभ आएको र गत महिना दैनिक १०० को हाराहारीमा रहेको कोभिड संक्रमण दिनकै ९ हजार पुगेको भन्दै प्रधानमन्त्रीसँग किन? भन्दै प्रश्न गरेका थिए। प्रधानमन्त्री ओलीले जनतामा लापारवाही बढेको र सोही कारण संक्रमण फैलिएको दाबी गर्दै सेकेन्ड वेभमा लगेको बताए।

त्यस्तै पत्रकारले अघिल्ला महिनामा चाडपर्व मनाइएको र ठूला भेलाहरु पनि कारण हुन? भनेर सोध्दा नेपालको राजनीतिक अस्थिरताका कारण विपक्षी दलहरुले सभा गर्दा संक्रमण फैलिन मद्दत पुगेको दाबी गरे। उनले राजनीतिक दलहरुले लापारवाही गरेको दाबी गर्दा आफैले गरेका सभाहरुलाई उल्लेख गरेनन्।

त्यसको दुई दिनपछि ओलीले बेलायती अखवार दी गार्डेइनमा लेख प्रकाशित गर्दै जी ७ को अध्यक्षसमेत रहेको बेलायतसँग जरुरी सहयोग गर्न अनुरोध गरेका छन्। 

'मैले यो लेख्दै गर्दा मेरो देश कोभिड -१९ पाण्डेमिकको नयाँ र क्रुर उछालसँग लडिरहेको छ। संक्रामकको संख्या बढ्दै जाँदा हाम्रा साहसी डाक्टर, नर्स, अन्य सुसार प्रधान गर्नेहरु, नागरिक स्वंमसेवकहरु र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नै गम्भिर चुनौती थपेको छ,' गार्डेइनको अनलाइन संस्करणमा प्रकाशित उनको लेखमा भनिएको छ। उनले संक्रमितहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएकोसमेत लेखेका छन्।

त्यतिमात्र होइन उनले संक्रमणको उचाई चुमिरहेको बताएका छन्। 'तीन करोड जनसंख्या भएको देशमा दैनिक ८ हजारको हाराहारीमा संक्रमण पुष्टि हुनु केही उच्च  हो। यति हुँदाहुँदै मृत्युदरलाई तल राख्न सकेका छौँ,' उनले भनेका छन्।

लेखमा आफ्नो सरकारले कोभिड-१९ को संक्रमण नियन्त्रणमा सक्दो प्रयास गरेको दाबीसमेत गरेका छन्। साथै उनले अस्पतालहरुमा अक्सिजन लगायतका सामाग्रीको सुनिश्चितताका लागि सक्दो प्रयास गरेको दाबी गरेका छन्। यति हुँदा हुँदै पनि स्रोत र पूर्वाधारहरुको अभावका कारण महामारीको भारी बोझको रुपमा परिणत हुँदै गएको उनले बताएका छन्।

प्रकाशित मिति: : 2021-05-11 15:45:00

प्रतिकृया दिनुहोस्