कोभिड प्रभाव : ठप्प बन्दै बैंकिङ क्षेत्र

निषेधाज्ञामा व्यवसाय बन्द हुँदा बैंकरलाई कर्जा रिकभरीको चिन्ता

बाह्रखरी

काठमाडाैं

कोभिडको दोस्रो लहर सुरु भएसँगै मुलुकका अधिकांश जिल्लामा जारी भएको निषेधाज्ञाको प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको छ।

बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको करिब ६५ प्रतिशत कर्जा घरजग्गा धितोमा लगानी गरेका छन्। अहिले देशभरका मालपोत कार्यालयहरु बन्द हुँदा कर्जा लगानी शून्य जस्तै छ।

आर्थिक वर्षको अन्तिम त्रैमास भएकाले सरकाकार बजेट खर्चसँगै  बैंकहरुको निक्षेप उल्लेख्य रुपमा बढ्ने समय भए पनि निक्षेप  बढेको तथ्यंक देखिँदैन।

यद्यपि कोभिडको प्रभावले स्वास्थ्य संकट बढ्दै जाँदा सम्भावित आवश्यकतालाई मध्यनजर गर्दै नागरिकले केही मात्रामा नगद राखेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन्।

तर, अहिले सबै कारोबार डिजिटल भएकाले पनि त्यो सम्भावना न्यून रहेको राष्ट्र बैंकका अधिकारीकारीहरुको दाबी छ। बैंकहरुले पनि नियमितरुपमा सेवा दिएकाले नागरिकले नगद जोहो गरेर बस्नुपर्ने अवस्था छैन।

यद्यपि  नेपालमा अहिले पनि नगदमा आधारित कारोबार हुने भएकाले सामान्य अवस्थामा पनि नगद घरमा राख्ने नागरिक अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै केही मात्रामा बैंकहरुमा निक्षेप पलायन भने भएको बैंकरहरु नै बताउँछन्।

प्रकाशित मिति: : 2021-05-11 14:26:00

प्रतिकृया दिनुहोस्