५८ अर्ब बजेटमा ३९६ अस्पताल बनाउने घोषणा, शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र झापाको कमल गाउँपालिकामा १८ करोड ६ लाख ८२ हजार बजेट, प्रगति यस्तो छ।

सरकारका लागि विश्वासको मत माग्दै प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्मा पनि आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनको फेहरिस्त प्रस्तुत गरे। तर, कागज र वास्तविकताबीच कति ठूलो अन्तर छ भन्ने प्रस्ट पार्न यी खाल्डाका तस्बिर पर्याप्त छन्। सानोतिनो होइन, ५८ अर्ब बजेट खर्च हुने भन्दै सरकारले गत १५ मंसिरमा एकै दिन सातै प्रदेशमा तीन सय नौ आधारभूत अस्पताल शिलान्यास गरेको थियो। तर, स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन भनेर शिलान्यासका लागि खनिएका खाल्डामा कति पानी भरिएको छ कतै फोहोर। यति ठूलो बजेटको महत्वांकाक्षी परियोजना पनि ‘प्रोपगाण्डा’ मै सीमित भएको छ।  

सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन्। तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना रहेको थियो। तर, अन्तिम दिन तीन सय ९ अस्पताल शिलान्यास गरिको थियो।  

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेका थिए, ‘यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति भन्नुपर्छ, उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन।’ पाँच शड्ढयाका ५२, १० शड्ढयाका एक सय नौ र १५ शड्ढयाका ३५ अस्पताल बनाइने योजना सरकारको छ। दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ। तर, शिलान्यास गरेर सरकार निदाएको छ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भएको थियो। पाँच शड्ढयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शड्ढयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शड्ढयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने योजना छ। तर, भवन निर्माणकै काम अहिलेसम्म अलपत्र छ।

प्रकाशित मिति: : 2021-05-11 06:26:00

प्रतिकृया दिनुहोस्