धोको छ!

हे भगवान मेरो यो काम भए यो चढाउछु यति दान गर्छु भन्ने आवाज मन्दिरको हर कुनामा गुञ्जिएको छl 
मलाई त दान पेटीमा दान गर्ने हातले 
भोकाएको पेटमा दाना हाल्देको हेर्ने धोको छ

मलाई त मानवता भएको मानव हेर्ने धोको छ

मठ-मन्दिर बनाउने पैसा हुनेले बाउ आमालाई वृद्धाश्रम छोडेको देख्दा मनमा एउटा सवाल आएको छl 
मन्दिरको भित्ता मा अनि प्रमाण-पत्रमा आफ्नो नाम अगाडी धर्माती लेखाई धर्म कमाईन्छ 
भन्ने कहाँ लेखेको छ?
त्यो किताब खोजी-खोजी पढ्ने धोको छ

मलाई त मानवता भएको मानव हेर्ने धोको छ

आपतमा सहयोग गर्न होइन- भिडियो बनाउन जो-कोही-को हात तम्सिएको छ l 
एकदिन त्यो असहयोगी हातलाई-
सहयोगी हातको खाँचो पर्दा 
सबैले भिडियो बनाई रमिता देखाउँदा 
उसको आँखाले आफ्नो गल्ती प्रायश्चित गरेको
हेर्ने धोको छ

मलाई त मानवता भएको मानव हेर्ने धोको छ

छिमेकि अंकलको छोरो विदेश गएको नि पाँच वर्ष नाग्गे छ l 
आफ्नो छोरोको यादमा सुन्नेको आखामा आशुको टाटो 
लिएर मेरो छोरो त विदेशमा छ भनी धाग लाउने अंकलले 
एक दिन, "बाबु, जे गर्नु आफ्नो देशमा आफ्नै आमा बाबासंग बसेर गर्नु है" भनेको सुन्ने धोको छ 
मलाई त विदेशिएका युवाहरुले देशमै पसिना चुहाई
गरिबी पखालेको हेर्ने धोको छ।

मलाई त मानवता भएको मानव हेर्ने धोको छ

यो धर्तिको भूमिमा रेखा कोरी- त्यो तेरो यो मेरो भनी- झगडा गर्ने जमातको- लामो लर्को छl
त्यो लामो लर्कोको जमातबाट जो-कोही-को मृत्यु पछि उसको चिहान गाड्न चाहिने भन्दा धेरै जमिन लिएर गएको हेर्ने धोको छ।

मलाई त मानवता भएको मानव हेर्ने धोको छ।
मानवता भएको मानव हेर्ने धोको छ।

प्रकाशित मिति: : 2021-05-08 22:09:00

प्रतिकृया दिनुहोस्