अक्सिजन नपाएपछि सुगमबाट दुर्गम खोजी

सेतोपाटी

सुर्खेत

चार दिनअघि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराबाट फोन आयो। फोन गर्ने मानिसले सोधे-त्यहाँ अक्सिजनसहितको बेड छ कि छैन ? हाम्रो बिरामीलाई समस्या भएर फोन गरेको!

प्रतिष्ठानका मान्छेले अक्सिजनसहितको बेड भएको जानकारी गराए। फोन गर्ने मान्छेले ‘त्यसो भए हेलिकप्टर पाए बिरामीलाई जुम्ला ल्याउने’ बताए।

बिहिबार बेलुका धनगढीको सेती प्रादेशिक अस्पतालका कर्मचारीले पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फोन गरे।

धनगढीमा अक्सिजन अभाव भएकाले आफूकहाँ आएका बिरामी पठाउन मिल्ने/नमिल्ने बारेमा सोधे।

उनलाई पनि प्रतिष्ठानका चिकित्सकले पठाईदिन भने। धनगढीबाट शुक्रबार बिहान हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीलाई पुर्‍याउने कुरा थियो।

प्रकाशित मिति: : 2021-05-08 19:52:00

प्रतिकृया दिनुहोस्