प्रितम पाण्डे
मृत्यु अटल सत्य हो
मृत्यु निर्धारित सत्य हो
मृत्यु निश्चित सत्य हो
अनेक रूप छ मृत्युको
अनेक बाहना छ मृत्युको
अनेक कारण छ मृत्युको
कसैको सामान्य मृत्यु
कसैको असामान्य मृत्यु
कसैको सरल मृत्यु
कसैको कठोर मृत्यु
कोही झुण्डिएर मर्छन्
कोही सेरिएर मर्छन्
कोही डुबेर मर्छन्
कोही गुडेर मर्छन्
कोही मर्छन् आकाशमा
कोही मर्छन् जहाजमा
कोही मर्छन् बाटैमा
कोही मर्छन खाटैमा
कोही मर्छन् भीरबाट खसेर
कोही मर्छन् छुरी धसेर
कोही मर्छन् कुर्सिमै बसेर
कोही मर्छन् सर्पले डसेर
कोही मर्छन् गर्भैमा
कोही मर्छन् बैंसैमा
कोही मर्छन् युद्धभूमिमा
कोही मर्छन् बुद्धभूमिमा
हाँस्दा हाँस्दै मर्छन् कोही
खाँस्दा खाँस्दै मर्छन् कोही
जलेर मर्छन् यहाँ कोही
गलेर मर्छन् यहाँ कोही
कसैले मारेर मर्छन् कोही
बाजी हारेर मर्छन् कोही
जहर खाएर मर्छन् कोही
धोका पाएर मर्छन् कोही
मृत्यका विभिन्न रूप देखेर
संदेह लाग्छ मनमा हिजोआज
खै कसरी ढल्ने हो यो जिन्दगी
खै कसरी जल्ने हो यो जिन्दगी।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया