प्रितम पाण्डे
मृत्यु अटल सत्य हो
मृत्यु निर्धारित सत्य हो
मृत्यु निश्चित सत्य हो
अनेक रूप छ मृत्युको
अनेक बाहना छ मृत्युको
अनेक कारण छ मृत्युको
कसैको सामान्य मृत्यु
कसैको असामान्य मृत्यु
कसैको सरल मृत्यु
कसैको कठोर मृत्यु
कोही झुण्डिएर मर्छन्
कोही सेरिएर मर्छन्
कोही डुबेर मर्छन्
कोही गुडेर मर्छन्
कोही मर्छन् आकाशमा
कोही मर्छन् जहाजमा
कोही मर्छन् बाटैमा
कोही मर्छन खाटैमा
कोही मर्छन् भीरबाट खसेर
कोही मर्छन् छुरी धसेर
कोही मर्छन् कुर्सिमै बसेर
कोही मर्छन् सर्पले डसेर
कोही मर्छन् गर्भैमा
कोही मर्छन् बैंसैमा
कोही मर्छन् युद्धभूमिमा
कोही मर्छन् बुद्धभूमिमा
हाँस्दा हाँस्दै मर्छन् कोही
खाँस्दा खाँस्दै मर्छन् कोही
जलेर मर्छन् यहाँ कोही
गलेर मर्छन् यहाँ कोही
कसैले मारेर मर्छन् कोही
बाजी हारेर मर्छन् कोही
जहर खाएर मर्छन् कोही
धोका पाएर मर्छन् कोही
मृत्यका विभिन्न रूप देखेर
संदेह लाग्छ मनमा हिजोआज
खै कसरी ढल्ने हो यो जिन्दगी
खै कसरी जल्ने हो यो जिन्दगी।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया