न्युक्यासल युनाइटेडसँग लेस्टर सिटी पराजित

Photo : SBSsports
Photo : SBSsports

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ।

शुक्रबार राति भएको खेलमा लेस्टरलाई ४–२ को गोल अन्तरले पराजित गर्दै न्युक्यासलले जित हात पारेको हो। 

न्युक्यासललाई जिताउन सेलुम विल्सनले दुई गोल गरे। त्यस्तै जोसेफ विलक र पउल डुमेटले एक एक गोल गरे।

उक्त जितसँगै न्युक्यासल ३९ अंकसहित १३ स्थानमा छ। 

प्रकाशित मिति: : 2021-05-08 07:00:00

प्रतिकृया दिनुहोस्