अनि ती किशोरीलाई लाइभ च्याटले पोर्न साइटसम्म पुर्‍यायाे..

शिलापत्र

काठमाडौँ

राजेश शर्मा

कोभिड-१९ का कारण घरबाट बाहिर जान पाएकी थिइनन् उनी । कक्षा ११ को परीक्षा आउने बेलामा भएको कोभिडले उनलाई चिन्ता थपेको थियो ।

समय बिताउन उनी सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालिन् । एक दिन दुई दिन त रमाइलै भयो । तर, साथीहरू उनै ।  खासै रमाइनन् । अर्थात् नयाँ साथीको खोजीमा लागिन् ।

यही बेला थाहा भयो । नेपालमा डेटिङ एप्सहरू छन् र त्यहाँबाट डेट गर्न सकिन्छ । उनी पनि टिण्डरमा जोडिइन् । टिण्डर चलाउँदै जाँदा भिडियो च्याट एप्स बिगाे लाइभमा पनि उनी जोडिइन् । प्रत्यक्ष भेटघाट भएजस्तै गरी लाइभमा धेरै जनासँग संवाद गर्न पाउँदा उनी खुसी भइन् । लाइभमा कुरा गर्दै जाँदा धेरै साथी भए उनका ।

नेपालका गाउँघरतिरका कुरा मात्र होइन, विदेशमा भइरहेका घटना पनि साथीहरूमार्फत थाहा पाउन थालिन् । दिनरात बिगाे लाइभमा बित्न थाल्यो उनको । बिगाे लाइभमा गेम पनि खेल्न मिल्छ भनेर उनले थाहा पाइन् । लाइभमै गेम खेल्न पाउने र दर्शक पनि हुने । उनीहरूले गिफ्ट पनि दिने । प्रशंसकहरू पनि हुने । उनी लाइभ गेमतिर लागिन् । बिगाेमा भेटिएका एक युवकसँग उनी ‘पिके’ अर्थात् गेममा मस्त थिइन् । घरी उनले जित्थिन् । घरी ती युवकले । गेमको नियमअनुसार जित्नेले हार्नेलाई सजाय दिने रहेछ ।

प्रकाशित मिति: : 2021-05-07 15:45:00

प्रतिकृया दिनुहोस्