अस्ट्रेलियाका प्रधानमन्त्री आफ्नै नागरिकप्रति किन यति कठोर ?

भारतबाट भारतबाट फर्केका आफ्ना नागरिकलाई जरिवाना र जेल सजाय दिने अस्ट्रेलियाको कदमलाई अन्तर्राष्ट्रिय यात्रालाई निरुत्साहित गर्ने नीतिका रूपमा मात्र हेर्नु हुँदैन। भारतमा बढ्दो कोभिड महामारीबीच अस्ट्रेलियाले आफ्ना नागरिकप्रति उग्र व्यवहार प्रदर्शन गरेको छ।

खासमा, अधिकांश राजनीतिकर्मी नागरिकको दुःखमा साथ दिने बाचा गर्छन् अनि उनीहरूलाई चुनाव जित्ने अस्त्र मात्र बनाउँछन्। र, संकटमा क्रुर व्यवहार प्रदर्शन गर्छन्।

भारतमा करिब नौ हजार अस्ट्रेलियाली बसोबास गर्छन्। कोभिड महामारीका कारण उनीहरू स्वदेश फर्किन चाहेको अस्ट्रेलियाको ब्रोडकास्टिङ कर्पोरेसनले उल्लेख गरेको छ। सरकारले अस्ट्रेलिया प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउँदै त्यसरी स्वदेश फर्किन चाहनेलाई ५१ हजार अमेरिकी डलर जरिवाना वा पाँच वर्ष जेल या दुवै सजाय गर्ने बताएको छ।

 

प्रकाशित मिति: : 2021-05-07 07:42:00

प्रतिकृया दिनुहोस्