ममताको आदेशः कोरोना रिपोर्ट बिना केन्द्रीय मन्त्रीलाई बंगाल प्रवेशमा रोक

Photo: PTI
Photo: PTI

भारतको पश्चिम बंगालमा तेस्रोपटक सत्ता सम्हालेपछि मुख्यमन्त्री ममता बनर्जीले केन्द्रीय सरकार लक्षित नयाँ आदेश जारी गरेकी छन्।

मुख्यमन्त्री ममताले राज्यमा आउने केन्द्रीय मन्त्रीको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ नभए प्रवेश गर्न नदिने कानूनमा कडाई गर्न सुरक्षा निकायसँग आग्रह गरेकी हुन्।

बंगाल सरकारले बुधबार विमान, लामो दुरीका रेल तथा बसमा आउने यात्रुहरूको कोरोना परिक्षण रिपोर्ट अनिवार्य चाहिने बताएकाे छ। सरकारले जारी गरेको नियम बंगालभर लागू हुने बताइएको छ।

नागरिकलाई कुनै पनि कानूनमा भेदभाव नगर्ने मुख्यमन्त्री ममताले बताइन्। उनले भनिन्, ‘मन्त्रीसहित जो–पनि बंगालभन्दा बाहिरबाट आउँछन्, उनीहरूको साथमा कोरोना टेस्ट रिपोर्ट हुनैपर्‍याे।’

कोरोना रिपोर्ट बिनै आएका यात्रुहरूको स्वास्थ्य जाँच सरकारले नै गर्ने र संक्रमित भेटिए आइसोलेसन सेन्टर या होटेलमा राखिने छ। तर, यसको खर्च भने स्वयम यात्रुले नै व्यर्होनुपर्ने छ।

मुख्यमन्त्री ममताको पछिल्लो आदेशले भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्रीहरू तनावमा देखिएका छन्। बंगालमा चुवानी नतिजा–लगतै भएको हिंसाले ठूलो रुप लिएको छ। हिंसात्मक गतिविधि छानबीनको माग गर्दै भाजपा नेताहरू बंगाल आउने क्रम चलेपछि यस्तो निर्देशन जारी भएको हो।

भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्री बी. मुरलीधरन पश्चिम बंगालस्थित नेता–कार्यकर्तासँग भेटवार्ता गरेर फर्किएसँगै मिदनापुरमा समेत शान्तिको वातावरण छैन।



'दिदी'को हातमा तेस्रोपटक बङ्गालको बागडोर

यूपीः चुनावमा खटिएका दुई हजार कर्मचारीको कोरोनाबाट मृत्यु 

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार सङ्क्रमित

प्रकाशित मिति: : 2021-05-07 07:33:00

प्रतिकृया दिनुहोस्