'दिदी'को हातमा तेस्रोपटक बङ्गालको बागडोर

PTI File Photo
PTI File Photo

पश्चिम बंगालको निर्वाचनमा भारी मतको जितपछि तृणमूल कांग्रेसकी सर्वोच्च नेत्री ममता बनर्जी ‘दिदी’ले आज (बुधबार) मुख्यमन्त्री पदको सपथ लिँदैछिन्।

दिदीको सपथ ग्रहण समारोह कोलकत्तास्थित राजभवनको टाउन हलमा हुँदैछ। उनले तेस्रोपटक पश्चिम बंगालको बागडोर सम्हाल्न लागेकी हुन्।

यसअघि उनले सन् २० मे २०११ मा पहिलोपटक र सन् २९ मे २०१६ मा दोस्रोपटक मुख्यमन्त्री पदको सपथ लिएकी थिइन्।

यसपल्ट भने पार्टीले भारी सीमा विजय हासिल गरे पनि उनी आफूले नन्दीग्राम क्षेत्रबाट चुनाव हारिसकेकी छन्। ६६ वर्षीय ममता फेरि कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्नुपर्ने छ।

सपथ ग्रहणलगतै दिदी राज्य सचिवालयमा जानेछिन्। समारोहमा प्रशान्त किशोरलगायत टीएमसीका शीर्ष नेताहरू सामेल हुनेछन्। उनीसँगै सहयोगीको रुपमा अन्य ७ मन्त्रीले समेत लिने बताइएको छ।

बुधबारका लागि सपथको कार्यक्रम तय गरिएपछि मुख्यमन्त्री कार्यालयले बीसीसीआई अध्यक्ष सौरभ गांगुली र भारतीय जनता पार्टी बंगाल अध्यक्ष दिलिप घोषलगायतलाई निमन्त्रणा समेत गरेका छ।

पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य, वाम मोर्चाबाट विमान बोस समेतलाई पनि निमन्त्रणा गरिएको छ।



पश्चिम बंगालमा 'दिदी'को पल्डाभारी

बंगाल विधानसभाको चुनावमा तृणमूल कांग्रेसले भारतीय जनता पार्टी, राष्ट्रिय कांग्रेस र बाम पार्टीका उम्मेदवारलाई बहुमत सीटमा पराजित गरेकाे छ।

प्रकाशित मिति: : 2021-05-05 08:28:00

प्रतिकृया दिनुहोस्