बंगाल विधानसभाको चुनावमा तृणमूल कांग्रेसले भारतीय जनता पार्टी, राष्ट्रिय कांग्रेस र बाम पार्टीका उम्मेदवार बहुमत सीटमा पराजित गरेकाे छ।
सर्वोच्च नेत्री ममता बनर्जी ‘दिदी’ले भने नन्दीग्राम क्षेत्रबाट चुनाव हारेकी छिन्। उनले चुनाव हारेपनि पार्टीले भारी सीट जितेपिछ पुनः मुख्यमन्त्री उनै दिदी हुने पक्का छ।
पश्चिम बंगालको कुल २९४ विधानसभा सिटमध्ये तृणमूलले दुई सयभन्दा बढी स्थानमा अग्रता लिएको छ।