पूर्वी अफगानिस्तानमा तालिवान आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

Photo : nytimes.com
Photo : nytimes.com

पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बताएका छन्।

गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको जिल्ला प्रमुख अहमद जिया याकोबीले बिहिबार साँझ पुष्टि गरेका छन्।

उक्त झडपमा चार तालिबानी विद्रोही पनि मारिएका उनले बताए। छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नजिक सशस्त्र लडाकूहरूले उनीहरूको सुरक्षा चौकीमा आक्रमण गरेपछि सुरक्षा अधिकारीको मृत्यु भएको टोलो न्यूज नामक स्थानीय टेलीभिजनले पनि समाचारमा उल्लेख गरेको छ ।  

यसबाहेक, बिहीबार बिहान उत्तरी कज्दूद प्रान्तको राजधानी, कुन्दूज शहरमा भएको बम आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् भने केही गाडी तथा भौतिक संरचनामा समेत क्षति भएको छ।

संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सेनाले देश छोडेर जाने क्रममा युद्धले घेरिएको अफगानिस्तानमा हिंसा फैलिएको छ। 

अमेरिकाले आफ्नो सेनालाई मे १ मा फिर्ता गर्ने भनेपनि तोकिएको समयमा उक्त कार्य नहुँदा तालिवान लडाकू समूहले अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीब्र बनाएको छ।

अमेरिकी ट्रम्प प्रशासनले तालिवान समूहसँग मे १ मा आफ्नो सेना फिर्ता गर्ने बताए पनि वर्तमान् राष्ट्रपतिले सेना फिर्ता गर्ने काम सेप्टेम्बर ११ सम्ममा पूरा गर्नेगरी तयारी गरिएको बताएको छ।

अफगानिस्तानमा तीन हजार ५०० अमेरिकी तथा सात हजार नेटो सैनिक तैनाद गरिएको छ।  

प्रकाशित मिति: : 2021-05-07 06:16:00

प्रतिकृया दिनुहोस्