कोरोनाबाट राष्ट्रिय लोकदलका अध्यक्ष सिंहको निधन

Photo - Livehindustan
Photo - Livehindustan

कोरोना भाइरसको संक्रमणबाट भारतमा एक पूर्व केन्द्रीय मन्त्रीको मृत्यु भएको छ।

कोरोना संक्रमित राष्ट्रिय लोकदलका अध्यक्ष तथा पूर्व मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान मृत्यु भएको हो।

पछिल्लोपल्ट स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई गुरुग्रामस्थित अल्ट्रा म्याक्स अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा भर्ना भएपछि कोरोना संक्रमण देखिएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

८६ वर्षीय उनको मृत्युलगतै भारतीय वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी पार्टीका कयौं नेताहरूले दुःख व्यक्त गरेका छन्।

सन् १९३९ फेब्रअरी १२ मा मेरठमा सिंहको जन्म भएको थियो।

प्रकाशित मिति: : 2021-05-06 11:17:00

प्रतिकृया दिनुहोस्