खोपमा पनि मिसन कमिसन : ३२ करोड ४३ लाख कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड

सेरम, हुकम र स्वास्थ्य सेवा विभागबीच प्रसार भएका दस्ताबेज भन्छन्– ५० लाख डोज खोप खरिदमा ३२ करोड ४३ लाख रुपैयाँ कमिसन लिने खेल थियो । एजेन्ट यति शक्तिशाली थिए, उनीहरूको विपक्षमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेन, दबाब र प्रभावबीच मन्त्रालय एक महिनासम्म अनिर्णयको बन्दी हुँदा भारतबाट खोप निर्यात रोकियो ।

 पत्र १ र २  २० लाख डोज खोप खरिदमा नौ करोड ३६ लाख कमिसन खाने प्रयास सेरमको पत्रले असफल : हुकमले प्रतिडोज ४.४ डलरमा खोप ल्याउन स्वास्थ्य सेवा विभागलाई प्रस्ताव दिएको दुई सातापछि सेरमले नै पत्र लेखेर भन्यो– ४ डलरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिन्छौँ । पहिलो प्रयासमा हुकम असफल भयो ।

पत्र ३   ५०% मूल्यवृद्धि गरेर ५० लाख डोजको ठेक्का पाउन लबिङ : सरकारले ४ डलरमा किनेकोमा प्रतिडोज ६ डलर र अतिरिक्त १० प्रतिशत कमिसनका लागि दबाब

प्रकाशित मिति: : 2021-05-06 07:33:00

प्रतिकृया दिनुहोस्