‘कोरोना संक्रमणले भन्दा पनि मानिसहरूको प्रेमले भावुक बनाउँदोरहेछ’

शिलापत्र

काठमाडौँ

सविना देवकाेटा

३१ चैतको कुरा हो । कलाकार यमन श्रेष्ठलाई एक्कासि घाँटी खसखसाउन सुरु भयो । लगत्तै भोलिपल्ट दिनभरि सुतेको सुत्यै भए उनी । कोभिड भयो कि भन्ने आशंकामा २ वैशाखमा कोभिड परीक्षण गर्दा पोजिटिभ देखियो ।

‘घरमा सबैले मास्क लगाउन थालिसक्नुभएको थियो । तर, दुई दिनपछि बा (मदनकृष्ण श्रेष्ठ) लाई पनि कोभिड पोजिटिभ देखियो । त्यति मात्रै नभएर श्रीमती, दिदी र छोरी सबैमा कोरोना देखियो,’ यमनले भने ।

सबैलाई एकैपटक कोरोना संक्रमण हुँदा के कसरी व्यवस्थापन गर्ने त ? चुनौती चुलिएको थियो श्रेष्ठ परिवारमा । हुन पनि सिटी भ्यालु सबैको १२, १३, १४ मा झरेको थियो जुन निकै जोखिमयुक्त थियो ।

‘हामी त सुरुसुरुमा यतिसम्म शिथिल भयौँ कि खानेकुरा पनि प्लेटसम्म लान नसक्ने भयौँ,’ यमन भन्छन् ।

यस्तो अवस्थामा अब कसले कसलाई हेर्ने ? घरका कुनै पनि सदस्य न पानी तताएर खान सक्छन्, न त खानेकुरा पकाउन नै !

प्रकाशित मिति: : 2021-05-05 12:44:00

प्रतिकृया दिनुहोस्