अनलाइनमार्फत पत्रकार महिलामाथि हिंसाको निकृष्ट चित्र

फिलिपिन्सकी खोज पत्रकार मारिया रेसाले हालै युनेस्कोको गुलेर्मो क्यानो पुरस्कार जितिन्। यो पुरस्कार जोखिमपूर्ण प्रेस स्वतन्त्रताका लागि जोखिमपूर्ण काम गर्ने पत्रकारलाई प्रदान गरिन्छ। खोज पत्रकार रेसा हरेक दिन व्यक्तिगत सुरक्षाको जोखिम मोल्छिन्। किनकि, उनी तथ्यहरू पछ्याउँछिन् र शक्तिशाली व्यक्तिलाई जवाफ दिन बाध्य बनाउँछिन्। उनी प्रायः अनलाइन माध्यमबाट आक्रमणमा पर्छिन्। उनले सन् २०१६ मा एक घण्टामै ९० घृणित सन्देशहरू अनलाइनमार्फत पाएकी थिइन्, तीमध्ये धेरै महिला हिंसा र जातीय भेदभावसँग सम्बन्धित थिए।

अनलाइनमार्फत हिंसा बेहोर्ने मारिया एक्ली पत्रकार होइनन्। संसारका जुनसुकै कुनाका पत्रकार महिलाले दैनिक यस्तै हिंसाको सामना गर्नुपर्छ। सन् २०१४ मा युनेस्कोको सर्वेक्षणमा सहभागी पत्रकार महिलाहरूको २३ प्रतिशतले उनीहरूलाई कामको सम्बन्धमा अनलाइन धम्की, डर देखाउने र अपमान गरिने बताएका थिए। डिसेम्बर २०२० सम्ममा यसको आँकडा ७३ प्रतिशत पुगेको छ। अर्थात्, यस्तो हिँसा घट्दो होइन, बढ्दो क्रममा छ।

प्रकाशित मिति: : 2021-05-05 08:01:00

प्रतिकृया दिनुहोस्