साउदी अरबसँग वार्ताका लागि इरान तयार

इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिएका छन्।

“स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्‍याउँछ।,”खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउनसकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन्।”

यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबियाबीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए। 

प्रकाशित मिति: : 2021-05-04 07:05:00

प्रतिकृया दिनुहोस्