अब टोलटोलमा आइसोलेसन सेन्टर आवश्यक : गुठीघरमा अक्सिजन र बेड राखेको च्यालसबाट सिक्ने कि?

पहिलोपोष्ट

काठमाडौँ

 वैशाख १७ गते सरकारले केही जिल्लामा कोरोना संक्रमितलाई अस्पतालमा शय्या दिन नसकिने अवस्था आएको भन्दै उपचारबाट हात उठायो। 'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ' उल्लेख भएको स्वास्थ्य मन्त्रालयको पत्रमा सरकार महामारीसँग जुध्न र नागरिकको जीवन रक्षा गर्न पूर्व तयारी नभएको स्पष्ट भयो।

आइतबार देशभर हालसम्मकै धेरै कोरोना संक्रमित पहिचान भए। परीक्षण बढ्दै जाने हो भने यो रेकर्ड आउने दिनहरुमा तोडिँदै जानेछ। यस पटकको संक्रमण पहिलाको जस्तो छैन। एक जनालाई संक्रमण देखिँदा पूरै परिवारमा फैलिने गरेको पाइएको छ। साथै पहिलाभन्दा भाइरसले आफूलाई परिष्कृत र बलियो बनाउँदा संक्रमित निकै कमजोर बन्ने गरेका छन्। धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेको छ। आइसियू र भेन्टिलेटरको माग पनि बढ्दो छ। तर, काठमाडौंमै संक्रमितको लागि यथेस्ट पुग्ने गरी स्वास्थ्य संरचना छैन। बाहिरको अवस्था झनै भयावह छ। अस्पतालमा बेड पाउन दुई-चार दिन धाउन बाध्य छन् संक्रमितका आपन्त। निजी अस्पतालमा सबैको पहुँच छैन। सरकारीमा बेड खाली छैन। जानु कहाँ?

सरकारले हात उठाएपछि अहिले 'आफ्नो सुरक्षा आफैं गरौं, सरकारको भर नपरौं' भन्ने अवस्थामा पुगिसकेका छन् नागरिकहरु। यसका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन। तर, यसो भन्दैमा संक्रमितहरुको लागि केही गर्नै नसक्ने हो त?

प्रकाशित मिति: : 2021-05-03 18:19:00

प्रतिकृया दिनुहोस्