'अस्पताल जाउँ बेड छैन भन्छन्, घरमै बसौं कसैले सोध्दैन'

सेतोपाटी

जनकपुरधाम,

कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै पर्सा र धनुषा जिल्लामा दिनहुँ सयौँ संक्रमित थपिइरहेका छन्।

संक्रमितको संख्या दिनदिनै बढेपछि अस्पताल भरिभराउ भएको भन्दै स्वास्थ्य मन्त्रालयले आफ्नो ख्याल नागरिक आफैंले गर्नु पर्ने आशयको विज्ञप्ति नै जारी गरेको छ।

अस्पतालमा बेड नपाएपछि अहिले धेरै कोरोना संक्रमित घरमै सुरक्षित हुने भन्दै होम आइसोलेसनमा बसिरहेका छन्।

दुई हजार ‍चार सय ५५ सामान्य प्रकृतिका संक्रमित होम आइसोलेसनमा छन् भने सात सय ९० जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा रहेको प्रदेश दुईको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

पर्सामा सबैभन्दा बढी एक हजार तीन सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

प्रकाशित मिति: : 2021-05-03 12:13:00

प्रतिकृया दिनुहोस्