२४ सै घण्टा सडकमा प्रहरीः जसलाई आफ्नोभन्दा नागरिकको जीवन प्यारो छ (भिडियाे रिपाेर्ट) 

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि बैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ।

यस्तो अवस्थामा आम नागरिकलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी जोखिम मोलेर फिल्डमा क्रियाशील भएका छन्।

जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको प्रहरी कोरोना रोकथाम तथा नियन्त्रणमा पनि उत्तिकै लागिपरेको छ। प्रहरीले आफूलाई समेत जोखिममा राखेर कर्तव्य मात्र निभाएका छैनन्, मानव धर्मको पाठ पनि सिकाइरहेका छन्। 

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दैनिक ग्राफ उकालो लागेको छ। यो महामारी कहिले थामिने हो, निश्चित छैन। प्रहरी भोकप्यास नभनी दिनरात खटिरहेको छ।

उपत्यकामा जारी निषेधाज्ञालाई व्यवस्थित गर्न र सर्वसाधारणको स्वास्थ्य जोगाउन काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहसमेत आफैँ फिल्डमा खटेका छन्। 

राजधानीका सडकमा ड्यूटी बसेका प्रहरीको मनोबल बढाउन दैनिकजसो उनी जवानसँगै निरन्तर फिल्डमा हिँडिरहेका छन्।

ड्युटीमा बसेका प्रहरीलाई आवश्यक स्वास्थ्य सामग्री बाँड्दै उनी काठमाडौंका सडक–सडक हुँदै थानकोट नाकासम्म पुगिरहेका छन्।

सामाजिक भावनासहित एसएसपी सिंहले भने, ‘देशमा आपत परेका बेला नागरिकको सेवा नै हाम्रो धर्म हो, हामीले नगरे कसले गर्छ?’ उनले बढ्दो कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सक्दो प्रयास गरिरहेको बताए।

‘हामीले सक्दो प्रयास गरिरहेका छौँ। सडकमा ब्यापक रुपमा चेकजाँच बढाएका छौँ,’ आपतमा परेका नागरिकलाई उद्धार पनि गर्दै आएका छौँ’, एसएसपी सिंहले सुनाए। 

प्रहरीले उपत्यकाभित्रको जाँचलाई बलियो बनाउनेदेखि सीमाक्षेत्रमा आवतजावतमा समेत कडाइ गरेको छ। काठमाडौं भित्रने मुख्य नाका थानकोटमा प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ, जसका कारण विगतजस्तो थानकोट नाका लथालिङ्ग देखिँदैन। 

‘कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न प्रहरीले मात्र गरेर हुँदैन। नागरिकले पनि आफ्नै लागि हो भन्ने बुझनुपर्छ,’ एसएसपी सिंह आग्रह गर्छन्, ‘अत्यावश्यक कामबाहेक घरबाट ननिस्कनु, आपत परेका खण्डमा जस्तोसुकै अवस्थामा पनि प्रहरीलाई खबर गर्दा हुन्छ। प्रहरी सधैँ तैनाथ छ।’ 

प्रकाशित मिति: : 2021-05-27 10:09:00

प्रतिकृया दिनुहोस्