अर्घाखाँचीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
शितगंंगा नगरपालिका–५ जुकेनाका ६० वर्षीय पुरुषको आज (आइतबार) बिहान मृत्यु भएको हो।
उनी करिब एक महिना अघि भारतबाट फर्किएका थिए। त्यसयता कोरोना संक्रमण भएर उनी अस्पताल भर्ना भएका थिए। तर उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला अस्पताल स्राेतले जनाएको छ।