नयाँदिल्लीमा एकैदिन ४ सय बढी कोरोना संक्रमितको मृत्यु

बिएल संवाददाता

बिएल हिन्दी ब्यूरो
Photo: The Tribune
Photo: The Tribune

भारतमा कोरोना भाइरस संक्रमणले भयावह रुप लिएको छ।

राजधानी नयाँदिल्लीको अवस्था पछिल्लो समय युद्ध मैदान जस्तै देखिन्छ। दिनहुँ थपिने मृत्युको संख्याले यहाँ त्रास बाहेक केहीँ छैन।

दिल्लीमा संक्रमितहरूको मृत्यु दर बढेसँगै थप एकसाता बन्दाबन्दी गरिएको छ। कडा बन्दाबन्दी र अस्पतालको छेउमै पुगेकाहरूले समेत उतिकै संख्यामा ज्यान गुमाएका छन्।

भारतका प्रायः अस्पतालमा अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ। 

नयाँदिल्लीमा एकैदिन ४ सय १२ कोरोना संक्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि सम्म दिल्लीमा कोरोना संक्रमणले यति धेरैको मृत्यु भएको थिएन। शनिबार एकैदिन ४ सय संक्रमितको मृत्युपछि दिल्ली थप त्रसित बनेको छ। 

मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीमा अक्सिजनको अभाव जारी नै रहेको बताएका छन्।

पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ ।



नयाँदिल्लीमा अक्सिजन अभावले भकाभक मर्न थाले बिरामी, डाक्टरको पनि मृत्यु 

भारतकाे कोरोना अस्पतालमा भीषण आगलागी, १८ बिरामीको मृत्यु

प्रकाशित मिति: : 2021-05-02 07:50:00

प्रतिकृया दिनुहोस्