नयाँदिल्लीमा अक्सिजन अभावले भकाभक मर्न थाले बिरामी, डाक्टरको पनि मृत्यु 

बिएल संवाददाता

मुम्बई, हिन्दी ब्यूराे

भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको बढ्दो सङ्कटसँगै अक्सिजन सिलिन्डरको हाहाकार बढेको छ। अक्सिजनकै अभावले गर्दा बिरामीको भकाभक मृत्यु हुन थालेकाे छ। 

नयाँदिल्लीस्थित बत्रा अस्पतालमा शनिबार आठ कोरोना संक्रमितको मृत्यु भएकाे छ, जसमध्य एक जना चिकित्सक समेत छन्। अन्य पाँच बिरामीहरुको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

भारतका प्रायः ठाउँका अस्मापतालमा अक्जिसनको अभाव बढेको छ। अभावकै कारण संङ्क्रमित बिरामीहरु दिनहुँ मरिरहेका छन्। अक्सिजन नपाउँदा लाखौँ बिरामी अस्पतालको बेड छट्पटाइरहेका छन्। 

भारतका विभिन्न अस्पातलमा अक्सिजन सिलिन्डरको तीब्र माग भइरहेको छ। अक्सिजन नपाउँदा मृत्यु हुनेमा चिकित्सक समेत रहेका छन्। ‘हामीले समयमै अक्सिजन पाएनौँ। दिउँसो १२ बजे अक्सिजन सकिसकेको थियो,’ बत्रा अस्पतालका एक अधिकारीले भने, ‘फेरी डेढ बजे अक्सिजन त आयो। तर, केही बिरामीहरुको मरिसकेका थिए। जसमा हाम्रा डाक्टर पनि छन्।’ 

अस्पतालमा ३ सय २६ बिरामी उपचाररत छन्। महामारीका कारण बिरामी संख्यामा अत्यधिक वृद्धि हुँदा अस्पतालहरूमा अक्सिजन र 'बेड' अभाव छ।

दिल्लीमा प्रायः अस्पतालबाहिर बिरामीशरुको ताँती लागेको छ। उनीहरूले पालो कुरिरहेका छन्। कतिपय बिरामीहरु अस्पताल पुग्दा समेत मरिरहेका छन्।



पिसिआर पोजिटिभ आए के गर्ने ?

प्रकाशित मिति: : 2021-05-01 16:30:00

प्रतिकृया दिनुहोस्