भारतकाे कोरोना अस्पतालमा भीषण आगलागी, १८ बिरामीको मृत्यु

Photo: Webdunia
Photo: Webdunia

भारतको गुजरात राज्यस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ बिरामीको मृत्यु भएको छ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ।

भरुचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँकाे प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जनाएका छन्।

अस्पतालका अनुसार उपचाररत १८ बिरामीले ज्यान गुमाएका छन्। आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए।

अस्पतालको पहिलो तलामा कोरोना संक्रमित बिरामीहरूको उपचार हुँदै आएको थियो।

आगलागीपश्चात वेलफेयरमा उपचार गर्न सम्भव नभएपछि अहिले ५० कोरोना संक्रमणका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ।



महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले पठायो साढे दुई हजारभन्दा बढी स्वास्थ्यकर्मी

प्रकाशित मिति: : 2021-05-01 07:32:00

प्रतिकृया दिनुहोस्