महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले पठायो साढे दुई हजारभन्दा बढी स्वास्थ्यकर्मी

Photo : BBC
Photo : BBC

कोरोना महामरीले भयावह बनिरहेको भारतलाई विश्वका ४० भन्दा बढी देशले सहयोग गर्ने भएका छन्।

कोभिड– १९ विरुद्धको लडाईमा विश्वका विभिन्न देशहरुले भारतलाई सहयोग गर्ने भएका हुन्।

ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिएका छन्। 

यसैबीच विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन्।

भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ।

भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ। यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने दुई हजारभन्दा बढी मानिसले दैनिक सङ्क्रमणको कारण ज्यान गुमाइरहेका छन्।

भारतका अस्पतालमा पछिल्लाे समय एकातिर बेड अभाव हुँदै गएकाे छ भने, अर्काेितर सिकिस्त विरामीलाई अक्सिजन दिन सक्ने अवस्था पनि छैन। यस्तो विषम परिस्थितिसँग जुधिरहेको भारतलाई विश्वका देशहरुले सहयोग गर्ने बताएका हुन्।

प्रकाशित मिति: : 2021-05-01 07:19:00

प्रतिकृया दिनुहोस्