छुरी हानेर आफ्नै श्रीमानको हत्या 

धनुषामा छुरी प्रहार गरेर एक महिलाले आफ्नै पतिको हत्या गरेकी छन्।

धनुषा प्रहरीका अनुसार, हंसपुर नगरपालिका ६ तीलही बस्ने २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमतीले चक्कुले हानेर हत्या गरेकी हुन्। छुरी प्रहारबाट मण्डलको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घरायसी विवादपछि श्रीमती २३ वर्षीया शुसीलादेवी मण्डलले हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा शम्भुकै भाइहरू २४ वर्षीय संजय भन्ने जय मण्डल र २३ वर्षीय अनिल मण्डलको समेत हात रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मण्डलको चक्कु प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यापछि श्रीमती सहित तिनैजना फरार रहेको र उनीहरुको खोजी कार्यभईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-01 19:00:00

प्रतिकृया दिनुहोस्