शिक्षण अस्पतालको कारुणिक दृश्य : बेडको पर्खाइमा पेटीमा छट्पटाउँदै बिरामी

लोकान्तर

काठमाडौँ

गगन अर्याल

ठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) को उत्तरपट्टिको गणेशमान सिंह भवनमा अहिले कोरोना भाइरसका बिरामीलाई उपचार गर्न कोभिड वार्ड छ । 

‘कोरोना वार्ड प्रवेश निषेध’ बाहिर ढोकामा लेखिएको छ । त्यसभित्र केही मानिसहरू कोरोना भाइरसको संक्रमण भएका आफन्तलाई बेड पाइन्छ कि भनेर कुरेका छन् । कोरोना संक्रमितले बेडको पर्खाइमा अस्पतालको पेटीमा छट्पटाउँदै बस्नुपरेको छ ।

‘एक जना डिस्चार्ज हुँदैछन् रे ! त्यो बेड पाइन्छ कि भनेर कुरेको,’ अन्दाजी ४० वर्षकी महिला पतिलाई कोरोना संक्रमण भएपछि बेड पाइने आशामा बसेकी थिइन् ।

चिनी रोग (सुगर) र दमका बिरामी भएकाले उनी होम आइसोलेसन बस्न डराएर अस्पतालमा बेड पाउने आशमा बाहिर कुरेको उनले बताए ।

ढोकाभित्र अर्को दृश्य छ । जहाँ एक जना पुरुष बेडमा विना भेन्टिलेटर सुतिरहेका छन् । अर्को बेडमा एक जना महिला अक्सिजन मुखमा लगाएर शिथिल अवस्थामा बसिरहेकी छन् । अर्काेतर्फ एक जना अधबैशे महिला नजिकै अक्सिजन जोडेर बसिरहेकी छन् ।

प्रकाशित मिति: : 2021-05-01 17:28:00

प्रतिकृया दिनुहोस्