भारतका वरिष्ठ पत्रकार रोहित सरदानाको कोरोनाबाट मृत्यु 

भारतका चर्चित पत्रकार रोहित सरदानाको हृदयघातका कारण मृत्यु भएको छ।

४२ वर्षीय उनको शुक्रबार विहान दिल्लीस्थित एक अस्पतालमा मृत्यु भएको हो। 

आजतक टेलिभिजनका प्रस्तोतासमेत रहेका उनी एकसाता अघि मात्रै अस्पताल भर्ना भएको थिए। अस्पताल भर्ना भएको केही दिनकै उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो।

रोहित सरदानको मृत्युले भारतीय पत्रकारिताका लागि दु:खद् दिन भएको जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले समाजिक सञ्जालमार्फत् जनाएका छन्।

उनले आजतकमा दंगल नामक चर्चित संवाद कार्यक्रम चलाउथे।

सन् २०१८ मा रोहितले गणेश शंकर विद्यार्थी पुरस्कारबाट सम्मान पाएका थिए।

भारतीय वरिष्ठ पत्रकार राजदीप सरदेसाईले रोहितको मृत्युले दुःखी भएको सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको मृत्युलगतै दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2021-04-30 14:48:00

प्रतिकृया दिनुहोस्