सोमबार, २८ जुलाई २०२५

म्यान्मार सेनाको 'हवाई हमला'पछि शरण माग्दै थाइल्याण्ड पुगे तीनसय बर्मेली

Photo: KWO
• • •

म्यान्मार सरकारी सुरक्षा–फौज 'जुन्ता सैन्य' परिषद्ले करेन जनजातीकाे आश्रयस्थल छेउछाउमा हवाई हमला गरेपछि शरण माग्दै थाइल्याण्ड पुगेका छन्।

सरकारी सुरक्षा–फौजको हवाई आक्रमणपछि उनीहरू गाउँ छाडेर भाग्न बाध्य भएका हुन्। हवाई आक्रमणपछि तीन सय बढी स्थानीय ज्यान जोगाउन थाइल्याण्ड सीमा क्षेत्रमा पुगेको करेन–न्यूजले जनाएको छ।

सरकारी सुरक्षा–फौजले मुत्रा जिल्लाका विभिन्न स्थानमा अहिलेसम्म २० पटक हवाई आक्रमण गरेको छ।

सलुविन नदीको शिविर नजिक बसिरेहका नागरिक लक्षित आक्रमण लगतै स्थानीयहरू जंगल क्षेत्रमा पुगेका छन् भने कोही थाई सीमा पार गरिरहेका छन्।



म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन



प्रायः मानिस शरण लिन थाइल्याण्ड सीमा पार गरेको सशस्त्र समूह 'केएनयू'को महिला संगठनले जनाएको छ। कतिपय स्थानीयहरू भने जंगल नजिकैका गाउँमा बसिरहेका छन्।

यस क्षेत्रमा विद्रोही करेन नेशनल आर्मीको दबदबा रहेको छ। केही दिनअघि मात्रै आर्मीले सरकारी सुरक्षा–फौजको एक क्याम्प आफ्नो नियन्त्रणमा लिएको थियाे।

सरकारी सेनाको ज्यादत्तिपूर्ण आक्रमणले करेन जनजातीहरू गुफादेखि भरिभराउ जंगली क्षेत्रमा लुकेर बसिरहेका छन्।

उनीहरूलाई खाना र बस्न निकै समस्या रहेको करेन महिला संगठनले जनाएको छ।



आसियानको पाँचबुँदे सहमतिप्रति बर्माका प्रजातन्त्रवादीको अविश्वास 

म्यान्मार 'कू': सेनाले आङ सान सु कीलाई वकिलसँग भेट्न दिएन

म्यान्मार सैन्य बर्बरता राेक्न 'आसियान सम्मेलन'ले जारी गर्‍याे ५ बुँदे सहमति

म्यान्मार सैन्य ‘कू’विरूद्ध ‘ब्ल्यू शर्ट’ प्रदर्शन

अब हाम्रो पालो आएको छ 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!