जनता, सरकारी संयन्त्र तथा राजनीतिक दल सुध्रनु पर्छ

बाह्रखरी

काठमाडाैं

काठमाडौं । कोरोनाको दोस्रो लहरले पहिलोको तुलनामा ठूलै आतंक मच्चाइरहेको छ । अहिले यो रोगले आक्रान्त जिल्लाहरूमा हरेक घरमा रोगी देखिने अवस्था आइसक्यो । अस्पताल सबै भरिइसकेका छन् । अक्सिजन नपाएर बिरामीहरू छटपटाइरहेका छन् । 

यस्तो अवस्थामा सरकारले फेरि लकडाउन गरेको छ । हामीले गएको हप्ता लकडाउन विकल्प होइन भनेका थियौं । 

अहिले पनि भन्छौं यदी लक डाउन भनेको केवल सडकमा मोटर नदेखिनु मात्रै हो भने यो लकडाउनले केवल मानिसलाई आर्थिक रुपले धेरै दुःख दिन्छ तर रोग नियन्त्रणमा धेरै सहयोग गर्दैन । 

तर हाम्रो प्रतिवाद लकडाउन लगाउने सरकारको निर्णय प्रति होइन बरु सरकारको लकडाउन असफल बनाउने जनता, सरकारी संयन्त्रको सोच र आफ्नो कार्यकर्ता परिचालन गर्न नसक्ने राजनीतिक दलप्रति हो ।

प्रकाशित मिति: : 2021-04-29 19:14:00

प्रतिकृया दिनुहोस्