सांसदसँगै राजनीतिक नैतिकता पनि आइसियूमा

सत्ताका लागि ५० को दशकमा मौलाएको असंसदीय राजनीतिको पुनरावृत्ति हुँदैछ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वास प्रस्तावमा मतदान हुने दिन एक निर्णायक सांसद नाटकीय रूपमा ‘आइसियुमा’ भेटिएका छन्। उनको दल राष्ट्रिय जनमोर्चाले यसका लागि सत्तारुढ दललाई आरोपित गरेको छ।

बुधबार दिउँसो राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभाको सम्पूर्ण काम प्रभावित भयो। तर, जब प्रदेश सभा स्थगित भयो, कोरोना पजिटिभ भएको भन्दै शाही अस्पतालको ‘आइसियू’मा भेटिए। जबकि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उनी कोरोना नेगेटिभ भएको रिपार्ट बुधबार बिहान नै दिएको थियो।

गण्डकीको सत्तासमीकरणमा सांसद शाही कति महत्वपूर्ण थिए भन्ने त्यहाँको अंकगणितको तस्बिरले देखाउँछ, जुन तस्बिर बुझेपछि उनी ‘बेपत्ता’ भए वा बनाइए भन्ने प्रश्नलाई थप पेचिलो बनाइदिन्छ। 

प्रकाशित मिति: : 2021-04-29 07:13:00

प्रतिकृया दिनुहोस्