बिएल संवाददाता
सामान्यता तपाईले सुन्नु भएको होला, ग्यास खरिद गर्न लाइन। बाल्टिनमा पानी भर्न लाइन। अस्पतालमा बिरामी जचाउँन लाइन।
तर, के तपाईले मृत्यु भएका मानिसको सर्टिफिकेट लिन पनि लाइन लागेको घटना देख्नुभएको छ।
हो, भारतको ‘डाइमण्ड नगरी’ मानिने गुजरातको सुरतमा कोरोनाबाट मरेका मानिसको ‘डेथ सर्टिफिकेट’ लिने लाइन लाग्ने गरेको छ।
सरकारी तथ्यांक अनुसार यहाँ दैनिक २५ देखि २८ जनाको निधन भइरहेको छ। सुरत भारतमा कोरोनाको आठौं सबैभन्दा प्रभावित ‘डेन्जर जोन’ मा पर्छ। यहाँ बिहान साढे नौ बजेबाट ‘डेथ सर्टिफिकेट’ लिनेको लाइन लाग्ने गरेको छ।
‘डेथ सर्टिफिकेट’ उपलब्ध गराउने तुलसी भाईका अनुसार मंगलबार मात्र तीन सयदेखि चार सयसम्म फर्म उपलब्ध गराइएको छ। केही दिन यता यहाँको अवस्था भयावह बनेको छ। जन्म र मृत्यु दर्ता २१ दिनभित्र गरिसक्दा निःशुल्क हुने कारण लाइन देखिएको हो। २१ देखि ३० दिनभित्र दर्ता शुल्क २ रुपैयाँ लाग्ने र एक वर्षमा गर्दा शुल्क ५ रुपैयाँ लाग्ने कारण पनि यस्तो अवस्था आएको हो।
सुरत जिल्लामा मंगलबार कोरोना संक्रमित २२ सय ६९ पुगेको थियो। यसमा शहरी क्षेत्रमा बसोबास गर्नेको संख्या १८ सय ५८ र ग्रामीण क्षेत्रमा ४ सय ११ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा २७ संक्रमितको निधन भएको छ।
हालसम्म जिल्लामा कूल संक्रमितको संख्या १ लाख ८ हजार ७ सय ७४ पुगिसकेको छ। जसमा शहरी क्षेत्रमा ८५ हजार १ सय ८ र ग्रामीण क्षेत्रमा २३ हजार ६ सय ६६ संक्रमित रहेका छन्।
हालसम्म यहाँ १६ सय ९८ जनाको निधन भइसकेको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया