भारतमा कोरोनाको हाहाकारः गाउँलेले असहयोग गरे तर प्रहरीको रोहवरमा श्रीमतीको लास जलाइयो 

Livehindustan

भारतमा दिनहुँ कोरोना भाइरसको संक्रमण भयावह बन्दै गइरहेको छ।

अस्पतालमा अक्सिजनको अभावले संक्रमितको अवस्था नाजुक छ भने मर्नेको संख्या दिनहुँ बृद्धि भइरहेको छ। भारतका प्रायः सबै राज्यमा अक्सिजनको अभावले संक्रमित मरिरहेका छन्।

संकटको यस घडीमा छिमेकी तथा आफन्तले कोरोनाबाट निधन भएको शरीरलाई काँध थाप्न अस्विकार गरेका छन् भने गाउँलेहरू त्रासमा बाँचेका छन्।



दिल्लीमा भयावह भन्दै कोरोना : पार्किङ्ग र पार्कमा मृतकको अन्त्येष्टि गर्ने तयारी



पछिल्लो समय भारतीय समाजमा देखिएको दृश्य कहाली लाग्दो बन्दै गइरहेको छ। हालै जौनपुरमा निधन भएका एक व्यक्तिले आफ्नो श्रीमतीको शव अन्तिम संस्कारका लागि लैजान लाग्दा पुरै गाउँलेले असहयोग गरे। यसै कारण उनले श्रीमतीको शव साइकलमा राखेर नदीतर्फ लैजानुपरेको थियो।

जौनपुर निवासी तिलकधारी सिंहको ५६ वर्षीय श्रीमती राजकुमारीको केही दिनअघि मात्र कोरोनाका कारण जिल्ला अस्पतालमा निधन भएको थियो। आर्थिक अवस्था नाजुक भएका तिलकधारीले श्रीमतीको दाह–संस्कार गाउँकै घाटमा गर्ने अठोट गरेका थिए।



'कोरोनाविरुद्धको खोपको दुई डाेज लगाएकाले खुला स्थानमा मास्क लगाउनु पर्दैन'



यसका लागि उनले श्रीमतीको शव एम्बुलेन्सको सहायताले गाउँ पुर्याएका थिए। तर, राजकुमारीको मृत्यु कोरोना संक्रमणले भएको खबर पाएका गाउँलेहरूले स्थानीय घाटमा गर्न दिएनन्।

त्यसैले उनले साइकलमा राखेर श्रीमतीको शव एक्लै गाउँको नदी किनारसम्म पुर्याएका थिए।तर, श्रीमतीको शवमा आँगो लगाउन नपाउँदै छिमेकीले पुनः विरोध जनाए।  यसको सूचना पाएको प्रहरी केहीबेरमा घाट पुग्यो। र, प्रहरीको रेखदेखमा उनले श्रीमतीको शव जौनपुरबाट रामघाट पुर्याए। यही उनको श्रीमतीको अन्तिम संस्कार भयो।

तिलकधारीलाई प्रहरीले आर्थिक सहयोगसमेत गर्याे र उनी श्रीमतीको दाह–संस्कार गरेर गाउँ फर्किए।


निषेधाज्ञासँगै जोखिम मोलेर उपत्यका छाड्नेको लर्काे (तस्वीरसहित) 

प्रकाशित मिति: : 2021-04-28 15:26:00

प्रतिकृया दिनुहोस्