बिएल संवाददाता
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाविरुद्धको खोपको दुई डाेज लगाएकाले खुला स्थानमा मास्क लगाउनु नपर्ने बताएको छ।
खोप लगाएका व्यक्तिहरुमा संक्रमण हुने वा संक्रमण सार्ने सम्भावना निकै कम हुने भन्दै उनीहरुले मास्क अनिवार्य नभएकाे जानकारी दिएकाे हाे।
सीडीसीले मंगलबार जारी गरेकाे नयाँ निर्देशिकामा एक्लै वा खोप लगाएका अरु व्यक्तिहरुको सानो समूहमा रहँदा मास्क नलगाए पनि हुने उल्लेख छ।
तर, बन्द कोठा, भिडभाड हुने स्थानमा भने माक्स लगाउन पर्नेछ।
अमेरिकामा अहिलेसम्म ९ करोड ५० लाख व्यक्तिले कोरोनाविरुद्धको खोपको दुई डाेज लिएका छन्।
निर्देशिका असाधारण प्रगति : वाइडेन
राष्ट्रपति जाे वाइडेनले सीडीसीले जारी गरेको नयाँ निर्देशिका असाधारण प्रगति भएकाे टिप्पणी गरेका छन्। खोपको दोस्रो मात्रा लगाएको दुई हप्तापछि लागु हुने गरि सीडीसीले नयाँ निर्देशिका जारी गरेको हो।
उनले अहिलेसम्म खोप नलगाएका अमेरिकीहरुलाई खोप लगाउन अपिल पनि गरेका छन्।
‘हाम्रा वैज्ञानिकहरु खोप लगाएका व्यक्तिहरुमा संक्रमण हुने वा संक्रमण सार्ने सम्भावना निकै कम हुने कुरामा विश्वस्त भएका छन्। यदी तपाईँले खोपको पूर्ण मात्रा लगाउनु भएको छ भने धेरै कुरा गर्न पाउनु हुनेछ, खोप लगाउनु राष्ट्रवादी कार्य हाे,’ उनले भनेका छन्।
अमेरिकमा हालसम्म ३२ कराेड २ लाखभन्दा बढी काेराेना संक्रमित भइसकेका छन्। तीमध्ये ५ लाख ७२ हजार मानिसको मृत्यु भइसकेकाे छ।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया