बिएल संवाददाता
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाविरुद्धको खोपको दुई डाेज लगाएकाले खुला स्थानमा मास्क लगाउनु नपर्ने बताएको छ।
खोप लगाएका व्यक्तिहरुमा संक्रमण हुने वा संक्रमण सार्ने सम्भावना निकै कम हुने भन्दै उनीहरुले मास्क अनिवार्य नभएकाे जानकारी दिएकाे हाे।
सीडीसीले मंगलबार जारी गरेकाे नयाँ निर्देशिकामा एक्लै वा खोप लगाएका अरु व्यक्तिहरुको सानो समूहमा रहँदा मास्क नलगाए पनि हुने उल्लेख छ।
तर, बन्द कोठा, भिडभाड हुने स्थानमा भने माक्स लगाउन पर्नेछ।
अमेरिकामा अहिलेसम्म ९ करोड ५० लाख व्यक्तिले कोरोनाविरुद्धको खोपको दुई डाेज लिएका छन्।
निर्देशिका असाधारण प्रगति : वाइडेन
राष्ट्रपति जाे वाइडेनले सीडीसीले जारी गरेको नयाँ निर्देशिका असाधारण प्रगति भएकाे टिप्पणी गरेका छन्। खोपको दोस्रो मात्रा लगाएको दुई हप्तापछि लागु हुने गरि सीडीसीले नयाँ निर्देशिका जारी गरेको हो।
उनले अहिलेसम्म खोप नलगाएका अमेरिकीहरुलाई खोप लगाउन अपिल पनि गरेका छन्।
‘हाम्रा वैज्ञानिकहरु खोप लगाएका व्यक्तिहरुमा संक्रमण हुने वा संक्रमण सार्ने सम्भावना निकै कम हुने कुरामा विश्वस्त भएका छन्। यदी तपाईँले खोपको पूर्ण मात्रा लगाउनु भएको छ भने धेरै कुरा गर्न पाउनु हुनेछ, खोप लगाउनु राष्ट्रवादी कार्य हाे,’ उनले भनेका छन्।
अमेरिकमा हालसम्म ३२ कराेड २ लाखभन्दा बढी काेराेना संक्रमित भइसकेका छन्। तीमध्ये ५ लाख ७२ हजार मानिसको मृत्यु भइसकेकाे छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया