कोरोना भाइरस तोड्न बन्दाबन्दीको विकल्प छैन: कानुनमन्त्री यादव [भिडियोसहित]

विजय साह

जनकपुर

प्रदेश २ का आन्तिरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बन्दाबन्दीको विकल्प नरहेको बताएका छन्।

उनले दोश्रो चरणको कोरोना महामारीको लहरले विस्तारै विकराल रुप लिन थालेपछि रोक्नका लागि बन्दाबन्दीको विकल्प नरहेको बताएका हुन्।

‘कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ, अहिले शुरुकै समयमा यसलाई रोक्न बन्दाबन्दी गरेपछि तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुग्छ’ कानुनमन्त्री यादवले भने।

छिमेकी मुलुक भारत र नेपालकै कतिपय स्थानमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिदैँ गर्दा त्यसलाई नियन्त्रणमा ल्याउन सिसिएमसीले दुई हप्ताका लागि गरेको बन्दाबन्दीको प्रस्तावलाई सिफारिस गरिएको उनले बताए।

वैशाखको सुरुवातीसंगै प्रदेश नम्बर २ को ८ वटा जिल्ला मध्ये पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा न्यून संख्यामा कोरोना संक्रमित देखा पर्न थालेको हो।

‘यूके भेरिएन्ट’ सहित कोभिड–१९ महामारीको दोस्रो लहर शुरु हुँदा वैशाख ४ गतेको तथ्यांक अनुसार २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा एन्टिजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा १ वटा पोजिटिभ फेला पथ्यो भने आरटी पिसिआर विधिबाट २० वटा नमुना परीक्षण गर्दा ५ वटा पोजिटिभ फेला पर्ने गरेको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का वरिष्ठ चिकित्सक डा। कमलेशप्रसाद यादवले जानकारी दिए। हालसम्म प्रदेशमा हजारभन्दा बढी कोरोना सक्रिय संक्रमित छन्। 

संक्रमितमध्ये कतिपयलाई आईसीयूमा राख्नुपर्ने अवस्था हुदाँ समेत राख्न सकिरहेको अवस्था छैन। उपचार अभाव र भेन्टिलेटरकै कारणसमेत प्रदेशका कोरोना संक्रमित मर्न बाध्य भएका छन्।

प्रदेश नम्बर २ का अधिकांश सरकारी अस्पतालमा भेन्टिलेटर हुदाँसमेत बेवारिसे अवस्थामा रहेको छ। अस्पतालमा रहेका भेन्टिलेटर चलाउने दक्ष जनशक्तिको अभावकै कारण बिरामीले समयमा उपचार सेवा पाउन सकिरहेका छैन। 

भेन्टिलेटर चलाउने दक्ष प्राविधिक नहुदाँ अस्पतालका भेन्टिलेटर प्रयोगविहीन बन्ने बन्दै गएको छ।

नेपाल–भारत खुल्ला सिमाक्षेत्रसंग जोडिएको प्रदेश नम्बर २ को ८ वटै जिल्लाबाट जुनसुकै बेला निर्वाध रुपमा आउन जान सक्ने भएकाले प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा छ। 

प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्ण रुपले तयार रहेको जिकिर गरिरहदाँ पनि चिकित्सक भने अझै प्राविधिक रुपले तयार हुन सकेका छैनन्।

प्रदेशमा ४५ वटा भेन्टिलेटर उपलब्ध रहेको तर भेन्टिलेटर चलाउने दक्ष जनशक्ति अभाव रहेको सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखा प्रमुख नबल झाले बताए।

वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेजमा मात्रै दक्ष जनशक्ति रहेको बताउदैँ यसको प्रयोग वीरगंजमै भइरहेको बताए। प्रादेशिक अस्पताल जनकपुरधाममा जसोतसो भेन्टिलेटर चलिरहेको छ। 

स्वास्थ्य महाशाखाका प्रमुख झाले अन्य अस्पतालमा भेन्टिलेटर रहे पनि चलाउने जनशक्ति पर्याप्त नरहेको बताए। 

उनले भने, ‘कतिपय अस्पतालमा आईसीयू तथा एचडीयूको व्यवस्था रहे पनि जनशिक्त अभावमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ। चलाउने जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहीन बनेका छन्।’

प्रमुख झाले वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेसनल मेडिकल कलेजमा १० र प्रादेशिक अस्पताल जनकपुरधाममा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको बताए।

त्यस्तै महोत्तरीको जलेश्वर अस्पतालमा ५, सप्तरीको राजविराजस्थितमा ४, बाराको कलैयास्थितमा २, रौतहटको गौरस्थित अस्पतालमा ४, सिरहा अस्पतालमा २ र लहानस्थित अस्पतालमा १ थान भेन्टिलेटर छन्।

यस प्रदेशमा ७१ शैय्या आईसीयूको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। 

उनले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगंजको नेसनल मेडिकल कलेजमा २६, प्रादेशिक अस्पताल जनकपुरधाममा १०, रौतहटको गौर अस्पतालमा १० वटा आईसीयू बेडको व्यवस्था रहेको छ। जलेश्वरमा ५ र सिरहामा ५ शैय्याको आईसीयूको व्यवस्था रहेको उनले बताए।

प्रदेशमा १ सय ८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) को व्यवस्थासमेत गरिएको उनले जानकारी दिए। उनले वीरगंजस्थित नेसनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ शैय्याको एचडीयू रहेको बताए। 

त्यस्तै वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम र राजविराज स्थित अस्पतालमा २५/२५ शैय्याको एचडीयूको व्यवस्था छ। अन्य जिल्ला अस्पतालमा १५/१५ शैय्याको एचडीयूको व्यवस्था गरिएको प्रमुख झाले बताए।



जोगवनीको ढाट बन्द गरेर यसरी नेपाल छिराइँदैछ कोरोना 

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

दासढुङ्गाभित्र लुकेका घटना र प्रेमकथाहरु

धरहरा, कोलकाताको ‘शहिद मिनार’ र भारतीय मानसिकता

प्रकाशित मिति: : 2021-04-28 19:14:00

प्रतिकृया दिनुहोस्